किंग्स कलेजले अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलनकोे आयोजना गर्ने

Advertisement

काठमाडौंः किङ्स कलेजले यही भदौ २९ देखि ३१ सम्म राजधानीमा १६औं इन्टरनेशनल आन्टरप्रेनरसिप फोरम (अन्तर्राष्ट्रिय उद्यमशीलता मञ्च– आइएफ) सम्मेलनकोे आयोजना गर्ने भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने यस सम्मेलनका लागि कलेजले बेलायतस्थित इसेक्स विजनेश स्कुलसँग सहकार्य गरेको जनाएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा कलेजले हरेक वर्ष विश्वका विभिन्न राष्ट्रमा आयोजना हुने यस आइएफ सम्मेलनको यस वर्षको थिम दिगो उधमशीलता तथा आर्थिक विकास रहेको जानकारी दियो ।

सन् २००१ मा इटालीको नेपल्स्बाट सुरु भएको यस सम्मेलनको आयोजना हालसम्म चीन, भारत, दक्षिण अफ्रिका, कोलम्बिया, टर्की, बहराइन, इटाली, लुथिनिया तथा लाट्भीयामा आयोजना भइसकेको छ भने यस वर्ष नेपालमा पटक आयोजना हुन लागेको हो ।

सम्मेलनअन्तर्गत प्लेनरी तथा प्यानल सेसन, शैक्षिक, नीतिगत तथा अभ्यासजन्य प्रस्तुति तथा छलफल, नेटवर्किङ, समाजिक अन्तरक्रिया तथा उत्कृष्ट प्रस्तुतिलाई पुरस्कार जस्ता कार्यक्रमहरु समावेश गरिनेछ ।

यसबाहेक सम्मेलनमा १३ वटा स्टलहरु पनि राखिनेछ, जसमा मेडेप परियोजनाअन्तर्गत छानिएका १० उत्कृष्ट बस्तुहरुको प्रदर्शनी गरिने कलेजले जनाएको छ । साथै, पाँचवटा सफल उध्द्यमशीलताको यात्रासम्बन्धी भिडियो पनि देखाइनेछ ।

जसमा उत्कृष्ट चयन हुने एक भिडियोलाई ५० हजार रुपियाँ राशी बराबरको पुरष्कार प्रदान गरिने कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले बताए ।

उनका अनुसार सम्मेलनको क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी जम्मा ६० जना प्रस्तोताहरुले दिगो उधमशीलता, स्टार्टअप तथा विकास, उधमशीलतामा महिला लगायतका सहायक थिमहरुमा आफ्नो प्रस्तुती राख्नेछन् ।

कार्यक्रममा शिक्षक तथा विद्यार्थी, उद्यमी, विज्ञ, अनुसन्धानकर्ता, व्यवसायी र विकास संस्थाहरुका प्रतिनिधिहरु गरी छसय जना भन्दा बढी सहभागी अपेक्षा गरिएको छ । अर्यालले भने, ‘गएको वर्ष हामीले आयोजना गरेको सामाजिक उधमशीलतामा अन्तर्राष्ट्रिय सम्मेलनबाट प्रभावित भएर यस वर्ष हामीलाई यस सम्मेलनको आयोजना गर्ने अवसार प्रदान गरिएको हो ।’

उनले आइएफ सम्मेलनको आयोजना गर्ने अवसरलाई आफूहरुले नेपालमा उधमशीलताको विकास तथा प्रबद्र्धनमा निरन्तररुपमा खटिएबापतको सम्मानको रुपमा लिएका बताए । लामो इतिहास तथा बृहत्तर प्रभाव पार्न सफल आइएफ सम्मेलनको आयोजनाले देशमा उद्यमशीलताको क्षेत्रमा थप बल पुग्ने विश्वास लिइएको अर्यालले बताए ।

कलेजले एमबिए अन्टरप्रेनरशीपको विशेष कक्षा संचालन गरिरहेको छ भने य«ुनुस सामाजिक उद्यमशीलता केन्द्रको स्थापना, सामाजिक उद्यमशीलतामा वार्षिक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना, विजनेश इन्कुवेटरको संचालन लगायतद्धारा देशको उद्यमशीलताको क्षेत्रमा उल्लेख्य योगदान पुर्याइरहेको छ ।

सम्मेलनमा सहभागी हुन नेपाली नागरिकका लागि छ हजार ६५० रुपियाँ तथा न्यून आय भएका मुलुकहरुको नागरिकका लागि १३ हजार ४०० रुपियाँ दर्ता शुल्क तोकिएको छ भने नेपाली तथा विदेशी पूर्णकालीन विधार्थीहका लागि सो शूल्क पाँच हजार ३०० रुपियाँ तथा बेलायती नागरिका लागि २६ हजार ८०० रुपियाँ तोकिएको छ ।

Advertisement

Advertisement

Advertisement