भर्खरै पार्टी फोडेको राणाको राप्रपालाई देउवाले स-सम्मान सरकारमा सामेल गर्ने

Advertisement

काठमाडौंः कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई टुक्र्याएर जन्मिएको पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च सम्मानका साथ सरकारमा भित्राउने भएका छन् ।

संसदमा १८ सिट रहेको राप्रपा प्रजातान्त्रिकलाई तीन मन्त्री र एक राज्यमन्त्रीसहित सोमबार सरकारमा सामेल गर्न लागिएको हो । सरकारमा सामेल हुने मन्त्रीहरुको संभावित सुचीमा दीपक बोहोराको नाम पनि छ ।

उनी नेपाल आयल निगमको भ्रष्टाचार काण्डका प्रमुख योजनाकार मानिन्छन । बोहोरालाई विज्ञान तथा प्रविधि मन्त्रालय दिइने भएको छ भने विक्रम पाण्डेलाई वन तथा भू संरक्षण र पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिललाई उद्योग मन्त्रालय दिने टुँगो लागेको देउवाका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिएका छन् ।

रेशम लामा भने उद्योग राज्यमन्त्री दिइने छ । चार जना मन्त्री बनाउँदा राणाले कुनै पनि महिलालाई अघि सारेनन् । यो संँगै देउवाको मन्त्रिमण्डलको आकार ५४ सदस्यीय हुनेछ । यसअघि नै नयाँ रेकर्ड कायम गरेको जम्बो मन्त्रिमण्डलले अर्को रेकर्ड कायम गर्ने भएको छ ।

Advertisement

Advertisement

Advertisement