प्रदेश नं. २ मा पहिलो हुन प्रतिष्ठाको लडाईंमा काँग्रेस र एमाले, सम्पूर्ण शक्ति खर्चिंदै

Advertisement

काठमाडौंः प्रदेश नं. २ मा असोज २ गते हुन लागेको निर्वाचनमा पहिलो हुने कुरालाई आफ्नो प्रतिष्ठाको विषय बनाएका विशेषगरी प्रमुख दल काँग्रेस र एमालेले आफ्नो सम्पूर्ण शक्ति यस प्रदेशमा केन्द्रीत गरेका छन् ।

प्रमुख तीन ठूला दल काँग्रेस, एमाले र माओवादी केन्द्रका साथै मधेस केन्द्रीत दलका नेताहरु प्रदेश २ अड्डा जमाएर बसिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, नेता माधव नेपाल मधेसी पहिरनमा घुमिरहेका छन् ।

सभा तथा जुलुश कस्ले ठूलो देखाउने प्रतिस्पर्धा चलिरहेको छ । मतदाता आकर्षित गर्न भोज खुवाउने, पार्टी प्रवेशमा स्वागत गर्नेदेखि घरदैलो अभियानसम्म चलिरहेको छ । प्रदेश नं. २ मा केन्द्रीत भएका तीन ठूला दलदेखि मधेसी दलसम्मले आफू पहिलो हुने दावी छोडेका छन् । यद्यपि काँग्रेस र एमालेबीच नै पहिलो प्रतिस्पर्धा हुने देखिन्छ ।

यस पटकको चुनावमा राष्ट्रिय जनता पार्टी पनि सामेल भएकाले चुनावी माहौल बढी तातेको छ । संविधान संशोधनको माग राख्दै उसले अघिल्ला दुई वटा निर्वाचन बहिस्कार गरेको थियो । यता एमाले अध्यक्ष ओली प्रतिकुल स्वास्थ्यका बीच पनि तराईको गर्मी र धुलोको प्रवाह नगरी चुनावी सभाहरुमा सामेल सामेल छन् ।

माओवादी अध्यक्ष प्रचण्ड आफूहरुले मधेसीसहित महिला, आदीवासी, दलितका अधिकारलाई उठाएकाले आफ्नो पार्टीलाई मधेसी जनताले भोट हाल्ने दावी छ । काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेता आफ्नो पार्टीको पक्षमा माहौल बनाउन क्रियाशील छन् ।

काँग्रेसले चुनावी अभियान शुरु गर्ने क्रममा प्रदेश नं २ का आठवटै जिल्लामा आफ्ना उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न कार्यक्रम आयोजना गर्दैैछ । ती चुनावी सभालाई काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइरालालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

Advertisement

Advertisement

Advertisement