टुरिजम डेभलपमेन्ट बैंकद्धारा बाढी पीडितका लागि रु. १२ लाख सहयोग

Advertisement

काठमाडौंः टुरिजम डेभलपमेन्ट बैंकले बाढी पीडितहरुको सहयोगका लागि १२ लाख रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरेको छ । बैंकले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

गएको साउनको अन्तिम साता भारी बर्षापछि तराईका विभिन्न जिल्लामा आएको बाढी पहिरो एवं उडानबाट प्रभावित बनेकाहरुको राहत सहयोगका लागि आफूहरुले उक्त सहयोग प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत महेश ढकालले बताए । यो रकम बैंक र बैंकका कर्मचारीहरुको तर्कबाट संयुक्तरुपमा प्रदान गरिएको हो ।

बैंकका अध्यक्ष प्राडा पुष्पराज कंडेल, सञ्चालकहरु दीपक महत, ठाकूर भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललगायतको टोलीले प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेको हो । आफूहरुले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै आएको भन्दै बैंकले राष्ट्रिय विपत्ति तथा सामाजिक कल्याणका क्षेत्रमा आफ्नो क्षमताअनुसार सहयोग गर्ने क्रममा यो सहयोग गरेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement