नेपाल ग्रामीण विकास बैंकको एफपीओ भोलि देखि

Advertisement

काठमाडौंः नेपाल ग्रामीण विकास बैंकले एफपीओ भदौ २७ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ ।

बैंकले पूँजी बढाउन ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ कै भाउमा अर्थात प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य ९ करोड ७५ लाख रुपैयाँको शेयर निष्काशन गर्न लागेको हो ।

बैंकले एफपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको शेयरमा लगानीकर्ताले भदौ २७ देखि छिटोमा भदौ ३० र ढिलोमा असोज १० गतेसम्म धितोपत्र बोर्डबाट आस्बा सेवामा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाका देशैभरका शाखाबाट आवेदन दिन सकिनेछ । बैंकको शेयरमा न्यूनतम ५० कित्ता देखि अधिकतम ४८७० कित्ता शेयरमा आवेदन दिन सकिनेछ ।

हाल बैंकले ५३ जिल्लामा १ सय ९२ वटा कार्यालयहरु स्थापना गरी २ लाख १० हजार ९ सय १२ ग्राहक सदस्य र १ लाख ३६ हजार ५ सय १४ ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पुर्याउँदै आएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement