हिमालयन बैंकको विद्युतीय भुक्तानी प्रणालीको नयाँ संस्करण सुरु

Advertisement

काठमाडौंः हिमालयन बैंकले आफ्नो विद्युतीय भुक्तानी प्रणाली ‘एचबीएल ई कमर्स पेमेन्ट गेट वे’को नयाँ संस्करण सुरु गरेको छ । अबदेखि स्वदेशी तथा विदेशी व्यापारी तथा ग्राहकहरुले अनलाईन सेवामार्फत वस्तु तथा सेवाको खरीद बिक्री डेविट वा क्रेडिट कार्ड प्रयोग गरी गर्न सक्नेछन् ।

बैंकले विगतदेखि नै अन्तर्राष्ट्रिय कार्डधारकहरुलाई लक्षित गरी नेपाली व्यापारी हरु माझ यो सेवा प्रदान गर्दै आईरहेको थियो । यसै माध्यमबाट नेपाल सरकारलाई सन् २०१५ को भूकम्पमा प्रधानमन्त्री सहायता कोषमा विभिन्न देशबाट ९३ लाख ५० अमेरिकी डलर संकलन भएको थियो ।

बैंकले यो प्रणाली एसिया प्यासिफिक क्षेत्रको विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी टूसीटूपी, थाइल्यान्डसँगको सहकार्यमा सुरु गरेको हो । बैंकको यस प्रणाली प्रयोग गरी स्थानीय व्यवसायीहरुले आफ्ना उत्पादनहरु सजिलो तथा सुरक्षित किसिमले स्थानीय तथा अन्तार्राष्ट्रिय बजारमा बिक्री गरुन भन्ने उद्देश्यले ल्याइएको जनाएको छ ।

हाल यस प्रक्रियाले सबै भिसा तथा माष्टरकार्ड ब्राण्डका कार्डहरु स्वीकार गर्ने र निकट भविष्यमै अमेरिकन एक्सप्रेस, जेसीबी तथा युपीआई कार्डहरु समेत स्वीकार गर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement