पूर्व आइजीपी अर्यालका छोराबिरुद्धको रिटमा झगडिया झिकाउन सर्बोच्चको आदेश

Advertisement

काठमाडौँ: दुई वर्षअघि पोखराको मणिपाल शिक्षण अस्पतालमा इन्टर्न गर्दै गरेका डाक्टर अनिमेष ठाकुरको रहस्यमय मृत्यु प्रकरणमा सर्बोच्च अदालतले झगडिया झिकाउने आदेश दिएको छ।

सर्बोच्च अदालतका न्यायधिसद्वय मीरा खड्का र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अनिमेष ठाकुर मृत्य प्रकरणमा झगडिया झिकाउन आवश्यक देखिएको भन्दै उक्त आदेश गरेको हो ।

२०७२ साल असार १९ गते शनिबार रातको करिब पौने ९ बजे नेपाल प्रहरीका तत्कालिन आइजीपी उपेन्द्रकान्त अर्यालका छोरा डाक्टर आयुष अर्याल विरुद्ध आफ्नै साथीको हत्या गरेको आरोप लागेको थियो । उक्त दिन साँझ साढे ९ बजे पोखरास्थित मणिपाल अस्पतालदेखि २०० मिटरनजिकैको एक घरको तेस्रो तल्लाबाट खसेर मणिपाल अस्पतालमा ‘इन्टर्न’ गर्दै गरेका डाक्टर अनिमेष ठाकुरको रहस्यमय मृत्यु भएपछि उक्त घटना बाहिर आएको थियो ।

बहालवाला आईजीपीकै छोराविरुद्ध हत्याजस्तो गम्भीर आरोप लागेपछि उक्त घटना कास्की प्रहरीको लागि त्यसबेला टाउको दुःखाइको विषय बन्न गएको थियो ।

कारबाही गरौँ आईजीपीका छोराविरुद्ध हत्या अभियोग लागेको छ, नगरौँ जाहेरी दिने व्यक्तिको दबाब बढ्दो छ । त्यसबेला कास्की प्रहरीले सकेसम्म उक्त घटना बाहिर ल्याउन चाहेको थिएन ।

तर मृतकका पिता स्वास्थ्य मन्त्रालयको अनुगमन महाशाखा प्रमुख सहसचिव डाक्टर गरिब दास ठाकुरले आफ्नो छोरा अनिमेषको हत्या नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालका छोरा र उनकै केटी साथी प्रतिशा प्रधानको मिलेमतोमा भएको भन्दै किटानी जाहेरी दिएपछि कास्की प्रहरी त्यसबेला नै अप्ठ्यारोमा परेको थियो ।

मृतक अनिमेषका पिता सहसचिव डाक्टर गरिब दास ठाकुरले सहपाठी युवतीको त्रिकोणात्मक प्रेम सम्बन्धको कारण तत्कालिन महानिरीक्षक–पुत्र आयुष र ‘इन्टर्न’ डाक्टर ललितपुरकी प्रतिशा प्रधान र अनिमेषबीच विवाद हुँदा अनिमेष योजनाबद्ध रुपमा मारिएको भनी आफैँले दिएको किटानी जाहेरी कास्की प्रहरीले औपचारिक रुपमा दर्ता गर्न मानेको थिएन ।

अनिमेष र आयुष कलेजको होस्टलमा बस्थे । प्रतिशाचाहिँ नजिकै डेरा लिएर बस्थिन् । केही वर्षदेखि प्रतिशा र अनिमेषबीच प्रेम सम्बन्ध थियो । अनिमेषले प्रतिशालाई खुबै मन पराउँथे भने प्रतिशाले अनिमेषले थाहा नपाउने गरी आईजीपी–पुत्र आयुषसँग पनि प्रेम सम्बन्ध राखेकी थिइन् । उनीहरुको त्यही त्रिकोणात्मक प्रेम सम्बन्ध नै अनिमेषको मृत्युको कारण बन्नपुगेको मृतकका आफन्तहरुको आरोप छ ।

Advertisement

Advertisement

Advertisement