नवराज सिलवालले प्रहरी संगठनसँग नाता तोडे, आफूमाथि अन्याय भएको गुनासो

Advertisement

काठमाडौंः धेरैले अनुमान गरेअनुसार नै प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले नेपाल प्रहरीको जागिरबाट राजीनामा दिएका छन् । प्रहरी प्रमुख हुने आफ्नो दावीलाई सर्वोच्च अदालतबाट साथ नपाएपछि उनले राजीनामा दिएका हुन ।

अदालतले वरीयताक्रम मिचेर प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाइएको भन्दै सरकारको निर्णयविरुद्ध उनले दिएको रिट मंगलबार खारेज गरिदिएपछि सिलवालले आजै राजीनामा दिएका हुन । राजीनामासँगै उनले एक प्रेस विज्ञप्ति पनि जारी गरेका छन् ।

दुई पृष्ट लामो विज्ञप्तिमा उनले आफूमाथि अन्याय भएको भन्दै भनेका छन्, ‘अन्यायमा पर्दा जीवन कस्तो पीडादायक हुँदो रहेछ भन्ने अनुभूतिको आधारमा पनि म अन्यायमा परेका तमाम नागरिकको एउटा सशक्त आवाज बन्ने कोशिस गर्नेछु ।’

nawaraj-silwal

Advertisement

Advertisement

Advertisement