एसीसी यू-१९ क्रिकेटः नेपालद्धारा भुटान ९ विकेटले पराजित

Advertisement

काठमाडौंः एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले दोस्रो खेलमा पनि जितलाई निरन्तरता दिएको छ । बुधबार विहान मलेशियामा भएको खेलमा नेपालले भुटानमाथि सहज जित हासिल गरेको छ । नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको हो ।

खेलमा नेपालका कप्तान दीपेन्द्रिसंह ऐरीले ५ विकेट लिएपछि भुटानलार्इ ५० रनमै समेट्दै सहज जित हासिल गरेको हो । साथै संदिप लामिछानेले ४ विकेट लिएपछि भुटानी टोली २५ ओभरमै अल आउट भएको थियो ।

ओपनर आसिफ शेखले अविजित २३ रन र सन्दिप सुनारले सर्वाधिक २१ रन जोडेपछि नेपालको जित सम्भव भएको हो । अर्का ब्याट्सम्यान अनिल साह ४ रनमा अविजित रहेपछि भुटानले प्रस्तुत गरेको ५१ रनको लक्ष्य नेपालले ८.३ ओभरमा प्राप्त गर्‍यो । भुटानको लागि एकमात्र विकेट छिरिङ पेन्जोरले लिए ।

नेपालले पाएको लक्ष्य एक विकेटको नोक्सानीमा हासिल गर्दै खेल ९ विकेटले जितेको हो । नेपालले भोलि मलेशियाको क्लव अमानमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

Advertisement

Advertisement