च्याम्पियन्स लिगमा पिएसजीको सानदार विजय सुरुवात

Advertisement

एजेन्सीः पेरिस सेन्ट जर्मेन(पिएसजी) ले च्याम्पियन्स लिगमा नेइमारको उत्कृष्ट प्रदर्शनको मद्दतमा सानदार सुरुवात गरेको छ । मंगलबार रातीको खेलमा पिएसजीले समूह चरणको पहिलो खेलमा सेल्टिकलाई उसैको घरेलु मैदानमा ५–० गोलले पराजित गरेको हो ।

बार्सिलोनाबाट पिएसजीमा आवद्ध भएका विश्व फुटबलका महंगा खेलाडी नेइमारले १९ मिनेटमा पिएसजीलाई अग्रता दिलाएका थिए । पिएसजीका अर्का प्रभावशाली खेलाडी केलियान एमबापेले ३४ मिनेटमा ब्लबका लागी दोस्रो गोल गरेका थिए। स्ट्राइकर इडिसन काभानीले ४० औं मिनेटमा पेनाल्टीबाट र ८५ औं मिनेटमा हेडिङबाट २ गोल गरेपछि पिएसजीको गोलअन्तर अझ फराकिले भएको थियो । अर्को गोल पिएसजीलाई सेल्टिकका मिकाएल लुस्टिगले उपहारको दिएका थिए ।

पिएसजीसँगै समूह ‘बी’ मा रहेको जर्मन क्लब वायर्न म्युनिखले ३–० गोलले एन्डरलेच्टलाई पराजित गर्यो ।

Advertisement

Advertisement

Advertisement