प्रदर्शनको अन्तिम तयारीमा ‘जोनी जेन्टलम्यान’

Advertisement

काठमाडौंः भदौ ३० गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्र ‘जोनी जेन्टलम्यान’ ले प्रचारप्रसारलाई तिब्रता दिएको छ । प्रचार– प्रसारको क्रममा टोली देशदौडाहामा रहेको छ ।

फिल्ममा पल शाह, आँचल शर्मा, जैना कुवँर, गायक योगेश काजी लगाएतले अभिनय गरेका छन्, भने फिल्मको निर्देशन नितिन चन्दले गरेका छन् । साथै निर्मान अजय मल्ल ठकुरीले गरेका हुन् । फिल्म ८० भन्दा बढी हलमा एकसाथ प्रदर्शनमा आउने युनिटले बताएको छ ।

त्यस फिल्मको गीतको छायांकन भारतको गोवा, सिलोङ, दिल्लीलगायत रमणीय ठाउँमा गरिएको छ । ‘नाइँ नभन्नु ल ४’ बाट डेब्यु गरेकी आँचलकोलागी भने यो दोस्रो फिल्म हो । त्यस्तै ‘नाइँ नभन्नु ल ४’ बाटै डेब्यु गरेका पलको यो तेस्रो फिल्म हो ।

सधै चक्लेटी रोलमा देखिने पल यसमा एक्सन भुमिकामा देखिने छन् । उक्त फिल्ममा रवि गिरी, विकास गिरी, जयना कुँवर, सन्तोष सिलवाल गिरीको समेत अभिनय हेर्न सकिनेछ ।

Advertisement

Advertisement

Advertisement