नेको इन्सुरेन्सको १० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौँ: नेको इन्सुरेन्सको १० प्रतिशत बोनस शेयर दावी गर्ने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले असोज १० गते २२ औं वार्षिक साधारण सभा गर्न यहि बिहीबारबाट बुक क्लोज गर्दैछ ।

वार्षिक साधारण सभामा कम्पनीले बोनस शेयरपछि कायम हुने चुक्तापुँजीबाट ५० प्रतिशत हकप्रद जारी गर्ने बिशेष प्रस्ताव पेश गर्दैछ ।

बोनस सेयरमा लाग्ने कर तिर्न कम्पनीले ३७ लाख ५७ हजार ८४ रुपियाँ नगद लाभांस दिने प्रस्ताव पनि साधारण सभामा लैजाँदैछ ।

बोनस र हकप्रदमार्फत चुक्ता पुँजी बढाउने लक्ष्य कम्पनीले लिएको छ ।

हाल नेकोको चुक्ता पुँजी ७१ करोड २८ लाख ९५ हजार रुपियाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २१ करोड ८७ हजार रुपियाँ खुद नाफा कमाएको थियो । प्रतिशेयर आम्दानी वार्षिक २९ रुपिया ४६ पैसा रहेको नेकोको प्रतिसेयर नेटवर्थ भने १७३ रुपियाँ ११ पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement