प्राइम लाइफ इन्स्योरेन्सले पारित गर्यो २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव

Advertisement

काठमाडौँ: प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना शेयर धनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव मंगलबार चार आर्थिक वर्षको एकै चोटी बसेको साधारण सभाले पारित गरेको छ ।

प्राइमको साधारण सभा आर्थिक वर्ष २०६९–७२ आर्थिक वर्षसम्मको सभा हिजो एकैचोटी गरेको हो ।

प्राइमले बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको १६० प्रतिशत (१.६०) हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

यसैगरी, प्राइम लाइफले आर्थिक वर्ष २०७३–७४ को वार्षिक साधारण सभा आगामी पुस मसान्तभित्र गर्नेसमेत जानकारी गराएको छ ।

साधारण सभाले संस्थापक तथा सर्वसाधारण सेयरधनीको तर्फबाट नयाँ सञ्चालकसमेत छानेको छ । प्राइम लाइफ इन्सुरेन्स कम्पनीले हाल देशभरका १२५ भन्दा बढी स्थानहरुबाट जीवन बिमा सेवा उपलब्ध गराउँदै आएको छ । हाल प्राइमको चुक्ता पुँजी ४८ करोड ८१ लाख ६० हजार रुपियाँ छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १५ करोड ८७ लाख ८८ हजार रुपियाँ खुद नाफा कमाएको छ । प्राइमको प्रतिसेयर आम्दानी ३२ रुपियाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ २९४ रुपियाँ ८२ पैसा छ ।

Advertisement

Advertisement

Advertisement