गोर्खाज फाइनान्सको संस्थापक शेयर लिलामी खुला असोज चार गतेबाट

Advertisement

काठमाडौँ: गोर्खाज फाइनान्सले आफ्नो संस्थापक समूहको ४ लाख २४ हजार ४२० कित्ता शेयर यहि असोज ४ गतेदेखि लिलामी खुला गर्ने भएको छ ।

लगानीकर्ताले न्यूनतम १०० रुपियाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यो लिलामी शेयरमा आवेदन दिनको लागि अन्तिम म्याद असोज २२ लाई तोकिएको छ ।

यसघि, गार्खाजले साउन १० देखि १९ गतेसम्म संस्थापक समूहको ९ लाख ७९३ कित्ता र सर्वसाधारण समूहको १ लाख ५४ हजार ३९६ कित्ता शेयर विक्री खुला गरेको थियो ।

सो अवधिभर विक्री नभएको संस्थापक समूहको सेयर फाइनान्सले फेरी सर्वसाधारणले समेत भर्न पाउने गरी लिलामीमा ल्याएको हो ।

गोर्खाजले जेठ १ देखि साउन ११ गतेसम्म २ः१ अनुपातमा २८ लाख ९३ हजार ३१३ (५०%) कित्ता सेयर बिक्री खुला गरेको थियो । आवेदकले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी फारम बुझाउनु पर्नेछ ।

बोलपत्र असोज २३ गते विहान १० बजे एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा खोलिनेछ । हाल गोर्खाजको चुक्ता पुँजी ७६ करोड २४ लाख हजार रुपियाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १३ करोड ७५ लाख १४ हजार रुपियाँ खुद नाफा कमाएको छ । गोर्खाजको प्रतिसेयर आम्दानी १८ रुपियाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपियाँ ९३ पैसा छ ।

Advertisement

Advertisement

Advertisement