जगदम्बाले ल्यायो ‘हाम्रो घर’ नामको मोबाइल एप

Advertisement

काठमाडौंः विभिन्न खाल्का व्राण्डहरु उत्पादन गरि देशभर बिक्री वितरण गर्दै आइरहेको जगदम्बा कम्पनीले ‘हाम्रो घर’ नामक मोबाइल एप बुधबार सार्वजनिक गरेको छ ।

नेपाली जनमानसको जीवनस्तर सहज र समृद्ध बनाउने उदेश्यले मोबाइल एप सार्वजानिक गरेको जगदम्बा सिमेन्टले जनाएको छ । यस एपको मद्दतमा कन्स्ट्रक्सन मेटेरियल सर्च, कन्सट्रक्सन सिमेन्ट कवालिटि पारामिटर र अर्थक्वेक सेफ्टी लगायतका दैनिक उपयोग हुने फिचरहरुको बारेमा सहजैै बुझ्न सकिने उसले जनाएको छ ।

ड्रिम होम निर्माणका लागी चाहिने निर्माण सामग्रीको छनोट, घर निर्माण गर्न घरको लागत, भुकम्प प्रतिरोधी घर निर्माण प्रक्रिया, लगायत जिज्ञासा उपभोक्ताले यस एपको सहयोगमा बुझ्न सक्नेछन् । हाम्रो घर एप एन्ड्रोएड फोनको प्लेस्टोरबाट डाउनलोड गर्न सकिनेछ ।

Advertisement

Advertisement

Advertisement