ओम अस्पतालको अर्को लापरवाहीः नाकको सामान्य शल्यक्रियामा बिरामीको मृत्यु

Advertisement

काठमाडौंः बिरामीहरुको उपचारमा लापरवाहीका दर्जनौं घटना घटाएर बारम्बार चर्चामा आउने गरेको चावहिलस्थित ओम अस्पतालले बुधबार फेरि अर्को घटना दोहोर्याएको छ ।

नाकको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएपछि उनका आफन्त र छिमेकीहरु अस्पतालविरुद्ध उत्रन बाध्य भए । उनीहरुको विरोधका कारण ओम अस्पताल परिसर दिनभर तनावग्रस्त बन्यो । नाकको कुरकुरे हाड सोझ्याउन गत शनिबार अस्पताल भर्ना भएकी बुटवलकी ४० बर्षीया कमल भट्टराईको चिकित्सकहरुको लापरवाहीले मृत्यु भएको उनका आफन्तजनहरुको भनाई छ ।

कुरकुरे हाड सोझ्याउन भन्दै उनको शल्यक्रिया गरिएको थियो । तर शल्यक्रियापछि भट्टराईको नाकबाट रगत बग्न थाल्यो । लगातार वान्ता पनि हुने र पिसाब रोकिने समस्या देखियो । सामान्य उपचारमा पनि लापरवाही गरेर अस्पताललाई बारम्बार प्रयोगशाला बनाउने गरेको पीडितहरुले गुनासो गर्दै आएका छन् ।

भट्टराईका आफन्त ताराप्रसाद अर्यालका अनुसार सरासर अस्पतालको लापरवाही हुँदाहुँदै पनि अस्पतालले गल्ती स्वीकार गर्न अटेर गरेको छ । अस्पतालका प्रशासन प्रमुख विनय प्याकुरेलले भने लापरवाही नभएको दाबी गरेका छन् ।

Advertisement

Advertisement

Advertisement