एसीसी यू-१९ क्रिकेटः सिंगापुरद्वारा नेपालसामू ६८ रनको लक्ष्य प्रस्तुत

Advertisement

काठमाडौँ: एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत मलेशियाको क्लव अमानमा भएको खेलमा सिंगापुरले नेपालसामू ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुर २८.३ ओभरमा ६७ रन बनाउँदै अलआउट हुन पुगेको हो।

उसका सिद्धान्तले २० रन बनाए भने रोहन रंगाराजनले ११ रन बनाएका थिए । उसलाई थोरैरनमा समेट्ने क्रममा पवन सर्राफले ६ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ४ मेडन राख्दै मात्र १२ रन खर्चिएका थिए । किशोर महतोले २ तथा सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । नेपालले केहीबेरमा जवाफ ब्याटिङ गर्दैछ ।

नेपालले यो खेल जितेमा समूह बिजेता हुने छ । बुधबार  भएको खेलमा नेपालले भुटानमाथि सहज जित हासिल गरेको थियो । नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको थियो।

Advertisement

Advertisement

Advertisement