सानिमा माईको शतप्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौँ: सानिमा माई हाइड्रोपावरको शतप्रतिशत हकप्रद भर्ने विहिबार अन्तिम दिन रहेको छ ।
सानिमाले साउन २७ गतेदेखि १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपियाँ दरको १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

हकप्रद दावी गर्नेले साउन ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट दरखास्त फारम भर्न र बुझाउन सक्नेछन् ।

यसैगरी, सानिमा बैंकको उपत्यका भित्रका चुच्चेपाटी, कलंकी, कुमारीपाटी, न्यूरोड र सूर्यविनायक शाखा तथा उपत्यका बाहिर विराटनगर, वीरगंज, बिर्तामोड, दमक, धरान, लहान, नारायणगढ, नेपालगंज र पोखरा शाखबाट पनि फारम भर्न र बुझाउन सकिनेछ ।

हाइड्रोका अनुसार आवेदकले हकप्रद सेयरको दरखास्त फारम बिक्री प्रबन्धक सनराइज क्यापिटल र सानिमा माई हाइड्रोपावरको वेबसाइटबाट समेत डाउनलोड गरेर भर्न सक्नेछन् ।

अहिले सानिमा माईको चुक्ता पुँजी १ अर्ब ५ करोड ५० लाख रुपियाँ छ । शतप्रतिशत हकप्रद बिक्री पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ११ करोड रुपियाँ पुग्नेछ । यसको प्रतिसेयर आम्दानी २४ रुपियाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपियाँ ५३ पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement