च्याम्पियन्स लिगः रियलको जितमा रोनाल्डोको दुई  गोल

Advertisement

एजेन्सीः रियल मड्रिडले च्याम्पियन्स लिगमा विजय सुरु गरेको छ । क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि एपेल निकोसियालाई ३-० हराउँदै मड्रिडले विजय सुरु गरेको हो ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा साविक विजेता मड्रिडको लागी १२ औं मिनेटमा रोनाल्डोले अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवाति मिनेटमा पाएको पेनाल्टीमा मार्फत रोनाल्डोले दोस्रो गोल गरेपछि रियलले २-०को अग्रता लिएको थियो । खेलको ६१ औं मिनेटमा रामोसले निर्णयक गोल गरे र रियल मड्रिडलाई ३-० गोल अन्तरले जित दिलाए ।

बुधबार राति नै भएको खेलमा टोटनह्यामले बोरुसिया डर्टमुन्डलाई ३–१ गोलले हराएको छ । लिभरपुलले सेभिल्लासँग २–२ को बराबरी खेल्यो भने म्यानचेष्टर सिटीले फेनोर्डलाई ४-० गोलले हरायो ।

Advertisement

Advertisement

Advertisement