भक्तपुरमा अनुगमन टोलि पुग्दा दर्जन बढी पसले सटर थुनेर फरार

Advertisement

काठमाडौँ: भक्तपुर जिल्लामा हिजो दिउसो अनौठो दृश्य देखियो। त्यो के भने जिल्ला प्रशासन कार्यालय भक्तपुरको टोली बजार अनुगमनको लागि निस्किएको के थियो एका एक त्यहाँका पसलहरु बन्द हुन थाले ।
टोलीको नेतृत्वकर्तामा प्रशासनका प्रशासकीय अधिकृत रवीचन्द्र मिश्र थिए । मिश्रको नेतृत्वमा गएको टोलीमा प्रहरी, उपभोक्ता मंन्चका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो ।

टोलीले मध्यपुर ठिमी बाहाखा बजारको एउटा पसलमा अनुगमन गर्न भित्र छिरेको थाहा पाएपछि नजिकै रहेको अर्का पसलेले सटर बन्द गरे ।

उक्त स्थानमा रमेश थापा स्टोरमा अनुगमन टोलीले सामानको म्याद गुज्रिएको छ/छैन र सम्बन्धीत निकाय दर्ता भए/नभएको जानकारी लियो । अनुगमन टोलीले थापा स्टोरमा भेटिएको किरा परेको पाउरोटीको धुलो, जौको पिठो, धनियाँको धुलो, टोमाटो सस लगायतका सामाग्री जफत गर्यो । थापा स्टोरमा अनुगमन टोली छिरेलगत्तै नजिकै रहेको ठिमी ट्रेड सेन्टरका संचालकले सटर बन्द गरेर हिँडे ।

सटर बन्द गरेर खाना खान गएको भनेर दाबी गरेका ठिमी ट्रेड सेन्टरका संचालकले यो भन्दा पनि अगाडि यस्तै कार्य गर्ने स्थानीयको भनाईपछि बजार अनुगमनटोलीले बोलाएर नै उक्त पसलको अनुगमन गरेको थियो । उक्त ठिमी ट्रेड सेन्टरमा पनि म्याद गुज्रिएको खाद्यान्न तथा मसलाहरु भेटिएको थियो ।

टोलीले मध्यपुरको बाखाबजार र गठ्ठाघरमा रहेको खाद्यान्न पसल र मिनी मार्टमा पनि अनुगमन गरेको थियो । अनुगमनको क्रममा टोलीले चार वटा खाद्यान्न पसलवाट दुई वोरा म्याद गुज्रिएको अखाद्य बस्तु बरामद गरेका थिए । त्यस्तै, अंकुर कल्पबृक्ष स्टोरवाट म्याद गुज्रिएको ड्राइमिट, भटमासको तेल १६ लिटर, तथा पिठो फेला पारेको थियो । सवै अखाद्य सामाग्री वरामद गरी जिल्ला प्रशासन कार्यालय लागिएको छ ।

हिन्दुहरुको महान चाड दशैं-तिहार निजिकिंदै छ र यसैबेला अनुगमन टोलीले सक्रियेता देखाएको हो ।
वजार अनुगमनको क्रममा भक्तपुरका अधिकांस खाद्यान्न पसलमा मूल्य सूचि नराखेको, नगरपालिकामा पसल दर्ता नगरी सञ्चालन गरेको, अखाद्य वस्तुसँगै राखेर खाद्यान्न बिक्रि गरेको, सामान बिक्रि गर्दा बिल दिने नगरेको अनुगमन टोलीले जनाएको छ ।

अनुगमन जिल्लाका चार वटै नगरपालिकामा एक हप्ता सम्म गर्ने प्रशासनले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement