नेपाल ग्रामीण विकास  बैंकको एफपीओ भर्ने आज अन्तिम दिन, आस्वाबाट समेत आवेदन दिन  सकिने

Advertisement

काठमाडौं: नेपाल ग्रामीण विकास बैंकको थप सार्वजनिक निष्काशन (एफपीओ) का लागि आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ ।

आवेदन आस्वा प्रणाली मार्फत वा बैंकमै पुगेर समेत भर्ना सकिने छ । आस्वाको लागि आवेदन कर्ताको इ-बैङ्किङ्ग सेवा र सम्बन्धित बैंकबाट आस्वामा दर्ता भएको हुनुपर्दछ। बैंकले भदौ २७ गतेदेखि ९ करोड ७५ लाख रुपिग्याँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ बिक्री खुला गरेको हो ।

बैंकले एफपीओमा कुनै प्रिमियम शुल्क जोडेको छैन । त्यसैले यो एफपीओ प्रतिकित्ता १०० रुपियाँको दरमै भर्न सकिने जनाएको छ ।

न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार ८७० कित्तासम्म आवेदन दिन सकिनेछ ।

यसको बिक्री प्रकन्धक प्रभु क्यापिटल लिमिटेड हो । अहिले ग्रामीण विकास बैंकको चुक्ता पुँजी ५५ करोड ७५ लाख रुपियाँ छ । एफपीओ बिक्रीपछि चुक्ता पुँजी ६५ करोड ५० लाख रुपियाँ पुग्नेछ । ग्रामीणको वार्षिक रुपमा प्रतिसेयर आम्दानी २८ रुपियाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपियाँ १० पैसा छ ।

Advertisement

Advertisement

Advertisement