एनआईसी एसियाको साधारण सभा सुरु, २० प्रतिशत बोनस प्रस्ताव पेस हुँदै

Advertisement

काठमाडौँ: यस आर्थिक वर्षमा सबै भन्दा पहिले साधारण सभा बोलाउने बैंक बनेको एनआईसी एसियाको साधारण सभा शुक्रबार राजधानीको एक बैङ्किटमा सुरु भएको छ ।

शाधरण सभा बिहान ९ बजेबाट सुरु भएको छ । सभाले पहिले नै प्रस्ताव गरिएको गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेस गरिने छ । एनआईसीले साधारण सभामा चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर (९१ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय रुपियाँ) र यसमा लाग्ने कर तिर्न १.०५ प्रतिशत (९७ करोड ४ लाख ४८ हजार ३ सय ९५ रुपियाँ) नगद लाभांश दिने विशेष प्रस्ताव गरिएको छ ।

साधारण सभाका लागि बैंकले भदौ १६ देखि आजसम्म बुक क्लोज गरेको छ । यसआधारमा, भदौ १५ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्न् ।

हाल एनआइसी एसियाको चुक्ता पुँजी ६ अर्ब ६९ करोड २५ लाख ९७ हजार रुपियाँ छ । बोनस शेयरपछि चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपियाँ ११ लाख १६ हजार पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement