धुर्मुस सुन्तली बाढी पीडितका लागि एकीकृत नमुना सन्तपुर बस्ती निर्माण गर्ने अन्तिम तयारीमा

Advertisement

काठमाडैंः अविरल बर्षापछि आएको बाढीका कारण पीडित बनेका तराईबासीहरुका लागि धुर्मुस सुन्तली फाउण्डेशनले एकीकृत नमुना बस्ती निर्माण गर्ने अन्तिम तयारी गरेकोे छ । संस्थाले रौतहटमा एकीकृत नमुना सन्तपुर बस्ती निर्माण गर्न लागेको हो ।

यसअघि बाढी पीडितहरुकोक उद्दार र राहत वितरणमा सक्रिय रहेका कलाकारद्धय सीताराम कट्टेल (धुर्मुुस) र कुञ्जना घिमिरे (सुन्तली) अब उनीहरुका लागि एकीकृत नमुना वस्ती निर्माणमा जुटेका हुन ।

उनीहरुले यसअघि भूकम्प पीडितका लागि काभ्रे र सिन्धुपाल्चोकमा तथा महोत्तरीका गरिव मुसहर समुदायका लागि नमुना वस्ती निर्माण गरेर प्रसंशा बटुल्न सफल भएका छन् ।

फाउण्डेशनले अहिले बनाउन लागेको नमुना वस्ती रौतहटको चन्द्रपुर नगरपालिकाका माझी, दुसाद, लोहार, मुसहर र हजाम जातिहरुको बसोवास रहेको ठाउँमा हो । गरिवीको चपेटामा रहेका उनीहरुलाई सहयोगका लागि वस्ती निर्माण गरिदिन लागेको फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनले जनाएअनुसार बस्ती निर्माणमा अनुमानित पाँच करोड ७५ लाखमा रुपियाँ लागत लाग्ने छ । बाढी पीडितहरुका लागि निर्माण गर्ने यस बस्तीका लागि सहयोग गर्न संस्थाले आग्रह पनि गरेको छ ।

Advertisement

Advertisement

Advertisement