बेलायतमा फेरि आतंकवादी आक्रमण, अहिलेको निशानामा रेल सेवा

Advertisement

बेलायतः लन्डनमा शुक्रबार बिहान अर्को आतंकवादी हमला भएको छ । मिनेटको व्यस्त कार्यालय समयमा एउटा ट्रेनमा भएको विष्फोटनमा हालसम्म मृत्यु भएको समाचार नआए पनि दर्जनौं घाइते भएका छन् । पछिल्ला बर्षमा बेलायत आतंकवादी हमलाकारीको निशानामा पर्दै आएको छ ।

डिष्ट्रिक्ट लाइन ट्रेनमा भएको विष्फोटपछि भागदौड भएको थियो । विष्फोटबाट कयौं यात्रुका अनुहार जल्नुका साथै निस्सासिएर आत्तिएको स्थानीय समाचार माध्यमहरुले जनाएका छन् । चिच्याहटको आवाज परसम्म सुनिएको थियो । विस्फोट साउथ वेष्ट लन्डनको पार्सन ग्रीन स्टेसनमा भएको थियो ।

ट्रेनको एउटा क्यारिजमा रहेको सेतो पोको विस्फोट भएपछि अग्नी नियन्त्रक र सुरक्षाकर्मीहरु घटनास्थल पुगेका थिए । अहिले डिष्ट्रिक्ट लाइन सर्भिस बन्द भएको छ । उक्त स्थानलाई अहिले प्रहरीले घेरा हाली अनुसन्धान गरिरहेको छ ।

आक्रमणको घटनाको कसैले जिम्मेवारी नलिए पनि बेलायतको प्रतिआतंकवाद प्रहरीले घट्नालाई ‘आतंकवादी आक्रमण’का रुपमा लिएर
अनुसन्धान सुरु गरेको छ । फरक फरक ठाउँलाई आक्रमणको निशाना बनाउँदै आएको आतंकवादी समूहले अहिले रेलसेवामा आक्रमण गरेको हो ।

Advertisement

Advertisement

Advertisement