एसीसी यू-१९ क्रिकेटः मलेसियाद्वारा नेपालसामू १ सय २२ रनको लक्ष्य प्रस्तुत

Advertisement

काठमाडौँ: एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा मलेसियाले नेपालसामू १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको मलेसियाले ४२ ओभरमा मात्र १२१ रन बनाउँदै अलआउट हुन पुगेको हो ।

मलेसियालाई थोरैरनमा समेट्न नेपालका कप्तान दिपेन्द्रसिंह ऐरी नायक बने । उनले ५ विकेट लिए भने पवन सर्राफले २ , रोहितकुमार पौडेल, साहव आलम र सन्दिप लामिछानेले १–१ विकेट लिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । आजको खेलमा जित निकाल्न सके नेपालले उपाधिका लागि सिंगापुर र हङकङ मध्ये एक टीमसंग खेल्नुपर्ने हुन्छ ।

Advertisement

Advertisement

Advertisement