एनआईसी एशियाको साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस शेयर पारित, अध्यक्षमा अग्रवाल

Advertisement

काठमाडौँ: एनआईसी एशिया बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सभाले चुक्ता पूँजीको २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय रुपियाँको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस शेयर वितरण गर्दा सोमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत अर्थात् ७ करोड ४ लाख ४८ हजार ३ सय ९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको, बैंकले जनाएको छ ।

त्यसैगरी, साधारण सभाले बैंकको प्रबन्धपत्र र नियमावलीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन-२०७३ अनुसार हुने गरी संशोधन गर्ने, बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक समेत नियुक्त गरेको छ । नियुक्त हुनेमा जगदीश प्रशाद अग्रवाल, तुलसीराम अग्रवाल र रामचन्द्र संघई छन् ।

सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने अर्का तीन जना सञ्चालक आदित्यकुमार अग्रवाल, राजेन्द्र प्रसाद अर्याल र विनोद कुमार प्याकुरेललाई सर्वसम्म रुपमा निर्वाचित गरिएको छ ।

त्यस्तै, सभाले नवनिर्वाचित सञ्चालक समितिको बैैठकले सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाललाई सर्बसम्मतीले चयन गरेको छ ।

बैंकका अनुसार हाल करिब ५ लाख ७० हजार भन्दा बढी निक्षेप ग्राहक रहेको, २८ हजार भन्दा बढीलाई कर्जा प्रवाह गरिएको र तीन लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकलाई १२५ वटा शाखा तथा विस्तारित काउन्टर मार्फत् बैंकिङ सेवा प्रदान गरिएको छ।

Advertisement

Advertisement

Advertisement