लिवर्टी कलेजले ल्यायो पढाइसँगै जापान र बेल्जियम गएर राम्रो कमाइ गर्ने अवसर

Advertisement

काठमाडौंः नेपालको व्यवस्थापन शिक्षाको क्षेत्रमा विगत आठ वर्षदेखि सेवारत लिवर्टी कलेजले होटल व्यवस्थापन विषयको पनि कक्षा सञ्चालन गर्ने भएको छ । कलेजले पोखरा विश्वविद्यालयकोे सम्वन्धनमा उक्त विषयमा कक्षा सञ्चालन गर्न लागेको हो ।

कलेजका प्रिन्सिपल लक्ष्मण पोखरेलका अनुसार दक्ष तथा अनुभवी जनशक्ति उत्पादन गरिरहेको लिवर्टी कलेजले यसै शैक्षिक सत्रदेखि होटल व्यवस्थापन विषयको समेत कक्षा सञ्चालन गर्न गइरहेको हो ।

जसअन्तर्गत बीबीए तथा वीएचएम कार्यक्रम सञ्चालनमार्फत व्यावहारिक शिक्षा प्रदान गर्ने अभिभारा यस कलेजको दायित्वभित्र परेको उनले बताए । बीबीएअन्तर्गत चार वटा व्याचलाई दीक्षित गरिसकेको यस कलेजमा बीएचएम कार्यक्रममा पनि विद्यार्थीहरुको उत्साहपूर्ण उपस्थिति रहने कुरामा आफूहरु विश्वस्त रहेको पोखरेलले बताए ।

नेपालमै पहिलोपटक वीएचएम अध्ययनरत विद्यार्थीहरुलाई जापान तथा बेल्जियममा आकर्षक पारिश्रमिक सहितको इन्टनसिपको व्यवस्था गरिएको छ । जसले गर्दा विद्यार्थीहरुले पैसाको अभावमा पढाइबाट बञ्चित हुनुपर्ने अवस्था नआउने प्रिन्सिपल पाखरेलले बताए ।

इन्टनसिपको एक वर्षे अवधिमा मासिक करिव एक लाख रुपियाँसम्म आयआर्जनको सुनिश्चितता गरिएको छ । लिवर्टी कलेज र गैरआवासीय नेपाली संघको सहकार्यमा विदेशस्थित प्रतिष्ठित स्टार होटलहरुमा इन्टनसिपका साथै तह पार गरिसकेका विद्यार्थीहरुलाई जागिरको अवसर समेत उपलब्ध गराउने उद्देश्य रहेको जनाइएको छ ।

उनले अध्ययनकै समयमा प्रसश्त कमाइ गर्ने सुनौलो मौका प्राप्त गर्नु सम्बन्धित विद्यार्थीहरुको लागि पनि एकदमै खुसीको कुरा हो भन्दै पोखरेलले कलेजभित्रै पनि पर्याप्त मात्रामा प्रयोगशाला तथा काठमाडौंमा रहेका उत्कृष्ट होटलहरुबाट समेत प्रयोगात्मक सीप विकासको अवसर प्रदान गरी व्यक्तिको समग्र पक्षको विकासमा कलेज कटिबद्ध रहेको बताए ।

होटल व्यवस्थापनको क्षेत्रमा प्रयोगात्मक सीप तथा अन्तर्राष्ट्रिय भाषा सिक्ने अवसर समेत कलेजबाट प्रदान गर्नेगरी बीएचएम कार्यक्रमको सुरुवात यसै शैक्षिक सत्रदेखि गरिएको कलेजले जनाएको छ । छात्रवृत्तिको अवसर सँगसँगै बीएचएम तथा बीबीए कार्यक्रमको भर्ना सुचारु भएको भनाई छ ।

Advertisement

Advertisement

Advertisement