बार्सिलोनासँग गेटाफे २–१ गोलले पराजित

Advertisement

एजेन्सीः बार्सिलोनाले ला लिगामा आफ्नो विजयी यात्रा जारि राखेको छ । बार्सिलोनाले गेटाफेलाई २–१ गोलले पराजित गर्दै शनिबार राति जित निकालेको हो ।

पाउलिन्होको गोलको मद्दतमा बार्सिलोनाले गेटाफेलाई पराजित गरेको हो । शिबासाकीको गोलबाट गेटाफोले ३९ औं मिनेटमा घरेलु मैदानमा अग्रता लिएको थियो । ६२ औं मिनेटमा डेनिस स्वरेजले बाराबरी गोल फर्काइदिए । खेलको ८४ औं मिनेटमा लिओनल मेस्सीको पासबाट पाउलिन्होले गोल गर्दै बार्सिलोनालाई जित दिलाएका हुन् ।

जितसँगै बार्सिलोना ४ खेलबाट १२ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।

Advertisement

Advertisement

Advertisement