केएल टावरमा सुरु भयो दशैं तिहार उपहार योजना

Advertisement

काठमाडौंः चाबहिलको चुच्चेपाटीमा रहेको केएल टावरले दशैं तथा तिहारलाई लक्षित गर्दै उपहार योजना सुरु गरेको छ । रमाइलो दसैँ–तिहार उपहार योजनामा ल्याइएको योजनामा ग्राहकले प्रत्येक दिन कुनै एक किसिमको उपहार जित्ने छन् ।

त्यसैगरी उपहार योजनामा सहभागी ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन, वासिङ मेशिन, रेफ्रिजिरेटरदेखि बम्पर उपहारमा मोटरसाइकल तथा स्कुटरसम्म जित्ने छन् । दशैंमा वस्तु तथा सेवा खरिद गर्ने आम उपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै टावरको व्यवशाय प्रवद्र्धनका लागि यो योजना ल्याइएको बताइएको छ ।

उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाका अनुसार उपभोक्ताले केएल टावरमा सामान खरिद गर्नेले कुपनमार्फत उपहार प्राप्त गर्नेछन् । जसअनुसार दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, टीसीएलको विद्युतीय जग बितरण गरिने टावरले जनाएको छ । साप्ताहिक रूपमा टावरले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन लगायतका घरायसी सामान उपलब्ध गराउने तिमल्सिनाले बताए ।

यसका साथै साप्ताहिक उपहार कार्यक्रममा ग्रिनविच कम्पनीको टाइमेक्स घडी तथा ५ हजार रुपैयाँँबराबरको गिफ्ट भौचर पनि ग्राहले पाउने छन् । उपहार योजनाको बम्पर उपहारमा सुजुकीको जिक्स्चर मोटरसाइकल, सु्जुकीकै लेट्स स्कुटर तथा चार रात पाँच दिनको बैंकक भ्रमणको अवसर ग्राहले पाउने छन् । असोज १ गते सुरु भएको उपहार कार्यक्रम कात्तिक २५ गतेसम्म चल्नेछ ।

Advertisement

Advertisement

Advertisement