राजनीति पैसामा परिणत हुन थाल्योः पौडेल

Advertisement

काठमाडौंः काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय सुशील कोइराला विश्वेश्वरप्रसाद कोइरालाका सच्चा अनुयायी भएको बताएका छन् । ‘सुशील कोइराला सोसियलिस्ट युथ सर्कल’को आइतबार उद्घाटन गर्दै उनले कोइराला सरल, सादगी, मितव्ययी र निष्ठावान् राजनीतिज्ञ भएको बताए ।

उनले भने, “संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कोइराला नेपाली समाजका लागि अनुकरणीय व्यक्ति हुनुहुन्थ्यो ।” पछिल्लो समय नेपालको राजनीति पैसामा परिणत हुँदै गएको भन्दै नेता पौडेलले पैसाको बलमा लोकतन्त्रको हत्या हुने खतरा बढ्दै गएको बताए ।

पौडेलले भने, “पैसा नभएका तर पार्टीप्रति इमान्दाररुपमा लाग्ने कार्यकर्ताको मूल्यांकन हुन छाड्यो ।” मुलुक र लोकतन्त्रको सम्मान गर्ने हो भने राजनीतिक क्षेत्रलाई सम्मानित बनाउनुपर्ने उनको भनाइ थियो । नेता पौडेलले कम्युनिस्टसँग पैसा भन्दापनि सिद्धान्तका आधारमा प्रतिस्पर्धा गर्नु जरुरी रहेको बताए ।

पूर्वअर्थमन्त्री रामशरण महतले पछिल्लो समय मुलुकमा भ्रष्टचार मौलाउँदै गएको भन्दै यसलाई रोक्नका लागि युवाहरूले सोसियलिस्ट युथ सर्कलको माध्यमबाट आवाज उठाउनु जरुरी रहेको बताए ।

Advertisement

Advertisement

Advertisement