आरएसडीसी लघुवित्तको हकप्रद खुल्यो

Advertisement

काठमाडौं: आरएसडीसी लघुवित्त बित्तिय संस्थाको २०० प्रतिशत हकप्रद शेयर सोमबारबाट विक्री खुला भएको छ । आरएसडीसीले १ः२ अनुपात अर्थात् १ कित्ता बराबर थप दुई कित्ता सय रुपियाँ अंकित मूल्यको २३ लाख २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

यो हकप्रद शेयर भर्ने अन्तिम दिन कात्तिक ५ सम्मलाई तोकिएको छ । संथाको भदौ १५ गतेसम्म कायम रहेका सेयरधनीलेमात्र आवेदन दिन सक्नेछन् । आवेदनका लागि एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौं तथा आरएसडीसी लघुवित्त वित्तीय संस्थाको कालिकानगर–१२, बुटवल कार्यालयबाट सेयर भर्न दिन सकिनेछ ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको काठमाडौं उपत्यका बाहिरका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ। आरएसडीसीको बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्स रहेको छ । हाल आरएसडीसीको चुक्ता पुँजी ११ करोड ५० लाख रुपियाँ छ । हकप्रद निष्काशनपछि चुक्ता पुँजी ३४ करोड ५० लाख रुपियाँ पुग्नेछ ।

आरएसडिसीको प्रतिसेयर आम्दानी १७ रुपियाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपियाँ २४ पैसा छ ।

Advertisement

Advertisement

Advertisement