टाटा मोटर्सको अत्याधुनिक नयाँ शोरुम भैरहवामा

Advertisement

काठमाडौंः सिप्रदी ट्रेडिङ प्रालिले टाटा पेसेन्जर भेहिकलहरुको लागि भैरहवामा नयाँ आधिकारिक शोरुम बुद्धम अटोमार्ट सञ्चालनमा ल्याएको छ । उक्त शोरुमा टाटाका विभिन्न मोडेलका कारहरुको बिक्री गरी स्थानीय ग्राहकहरुलाई बिक्रीको समय र बिक्री पछिका सेवाहरु सहजरुपमा प्रदान गर्ने जनाइएको छ ।

सिप्रदी ट्रेडिङ भारतको प्रसिद्ध गाडी निर्माता कम्पनी टाटा मोटर्स लिमिटेडको नेपालका लागि आधिकारिक वितरक हो । पेसेन्जर भेहिकल अन्तर्गत नेपालमा टाटा मोटर्सको प्रमुख आकर्षणहरुमा बजारको प्रमुख मल्टी यूटीलिटी भेहिकल, सुमो गोल्ड, कम्प्याक्ट सेडान वर्गमा बजारमा उत्कृष्ट जेस्ट, नेपालको पहिलो मल्टी ड्राइभ ह्याच बोल्ट, टियागो र स्टाइलब्याक टिगोर आदि रहेका छन् ।

Advertisement

Advertisement

Advertisement