पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा दिल्लीमा प्रदर्शन

Advertisement

नयाँ दिल्ली: दिल्ली काङ्ग्रेसका कार्यकर्ताले पेट्रोलियम पदार्थको मुल्य उच्च बनाएको र यसले सामान्य जनजीवनमा प्रभाव परेको भन्दै आगामी बिहीबार (सेप्टेम्वर २१ गते) विरोधमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्ने जनाएको छ ।
पेट्रोलियम पदार्थमा बर्तमान नरेन्द्र मोदी तथा मुख्यमन्त्री केजरीवालका दलले अकल्पनीय रूपमा करको दरमा वृद्धि गरेको बिषय मानव साङ्लो प्रदर्शन मार्फत् सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले प्रदर्शन गर्न लागिएको उक्त दलका दिल्ली इकाई प्रमुख अजय माकेनले बताए ।
विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गरिने र यसले दिल्लीको ट्राफिकलाई प्रभावित नतुल्याउने माकेनले एक पत्रकारसम्मेलनकाबीच बताए ।
उनले पेट्रोल तथा डिजेलमा मोदी सरकारले विगत तीन बर्षमा एघार पटक मूल्यवृद्धि गरेको दावी गरे ।
उनले दावी थियोे, “पेट्रोल र डिजेलमा क्रमशः ५१.७८ भारतीय रुपियाँ र ४४. ४० भारतीय रुपियाँ विभिन्न करका रूपमा लिने गरिएको छ ।”
दिल्लीमा अहिले पेट्रोलको प्रति लिटर ७०.५२ भारतीय रुपियाँ र डिजेल प्रति लिटर ५८.८५ भारतीय रुपियाँ पर्छ ।

Advertisement

Advertisement

Advertisement