राष्ट्र बैंकद्वारा ५ अर्बको रिर्भस रिपो जारी, दिउँसो ३ बजेसम्मको समयसिमा

Advertisement

काठमाडौँ: नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपियाँ बराबरको रिभर्स रिपो जारी गरेको छ । बैंकिङ प्रणालीमा भएको लगानी योग्य पुँजीको पर्याप्तता खिच्ने उद्देश्यले रिपो जारी गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ७ दिनका लागि असोज ११ गते परिपक्व हुने गरी उक्त रिभर्स रिपो जारी गरेकोे हो । रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउनेछन् । रिपोमा सहभागी हुन चाहने बैंकहरुले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने केन्द्रिय बैंकले जनाएको छ ।

उक्त रिपोमा न्युनतम ५ करोड वा सो रकमले निशेष भाग जाने गरी जतिपनि आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ । लगानीबाट भएको ब्याज आम्दानीमा कर लाग्ने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement