सानिमा बैंकको १६ प्रतिशत बोनस शेयर सुरक्षित गर्न छुट्यो कि? आज अन्तिम दिन

Advertisement

काठमाडौँ: सानिमा बैंकको १६ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो । बैंकले वार्षिक साधारण सभा गर्न असोज ६ गते बुक क्लोज गर्दैछ ।

बिहीबार घटस्थापनाको उपलक्ष्यमा सार्वजानिक विदा परेकाले शेयर बजार पनि बन्द हुनेछ । त्यसैले, बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र लाभांश पाउने भएकाले नयाँ लगानीकर्ताले बुधबार नै सानिमाको सेयर किनेर सेयरधनी बनिसक्नुपर्नेछ ।

पुराना सेयरधनी भने स्वतः लाभांशको हकदार हुनेछन् । सभामा बैंकले १६% बोनस सेयर दिने प्रस्ताव पेस गर्दैछ । बैंकले साधारण सभाको मिति भने अहिलेसम्म तोकेको छैन । सानिमाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ३० करोड १ लाख ५८ हजार रुपियाँ खुद नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ८९ करोड ७६ लाख ३४ हजार रुपियाँ छ । १६% बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार रुपियाँ पुग्नेछ । सानिमाको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपियाँ ३२ पैसा छ ।

Advertisement

Advertisement

Advertisement