किसान माइक्रोफाइनान्सको हकप्रद शेयर खुल्यो

Advertisement

काठमाडौँ: किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको बुधबारदेखि २४.२२ प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ ।

संस्थाले १००ः२४.२२ अनुपातमा ७८ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा भदौ ११ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

हकप्रद भर्ने अन्तिम म्याद कात्तिक ७ गतेसम्मलाई तोकिएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सीटीसी मल सुन्धारा तथा सिभिल बैंकका विराटनगर, वीरगंज, नारायणगढ, पोखरा, बुटवल र नेपालगंज शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

यसैगरी, किसान माइक्रोफाइनान्सको कन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि हकप्रदमा आवेदन दिन पाइनेछ । हाल किसानको चुक्ता पुँजी ३ करोड २२ लाख रुपियाँ छ । हकप्रद बिक्री गरिसकेपछि यसको चुक्ता पुँजी ४ करोड रुपियाँ पुग्नेछ । गएको आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले १ करोड ४३ लाख ६० हजार रुपियाँ खुद नाफा कमाएको छ । यसको प्रतिशेयर आम्दानी वार्षिक ४४ रुपियाँ ६० पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपियाँ ८ पैसा छ ।

Advertisement

Advertisement

Advertisement