राजस्व संकलन करिब ११ प्रतिशतले वृद्दि

Advertisement

काठमाडौंः आर्थिक वर्ष २०७४/७५ को पहिलो महिनामा राजस्व संकलनमा वृद्दि भएको छ । गत वर्षको सोही अवधिको तुलनाको भन्दा राजस्व संकलन ११ दशमलव ५ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको साउन मसान्तसम्म ४१ अर्ब ७ करोड रुपियाँ राजस्व संकलन भएकोमा यो वर्षको सोही अवधिमा ४५ अर्ब ७९ करोड रुपियाँ राजस्व संकलन भएको छ । राजस्व संकलन वृद्धि भएपनि यो सरकारी लक्ष्यभन्दा कम हो ।

Advertisement

Advertisement

Advertisement