हरिओम ट्रेडिङको नक्कली अन्त:शुल्क स्टिकर बरामद घटनामा संलग्न गुप्ता र भण्डारी प्रक्राउ

Advertisement

काठमाडौँ: प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले हरिओम ट्रेडिङ प्रा.लि.का नाममा भारतबाट आयात गरिएको ८६ हजार ४७० थान नक्कली अन्त:शुल्क स्टिकर बिरगञ्ज भन्सार कार्यालयबाट बरामद भएको घटनामा संलग्न थप व्यक्तिहरु पक्राउ परेका छन् ।

हरिओम ट्रेडिङका संचालक कुल प्रसाद राजभण्डारी र निजका सहयोगी प्रकाश घिमिरेलाई आन्तरिक राजस्व बिभाग अन्त:शुल्क महाशाखा लाजिम्पाटको अनुरोधमा ब्यूरोले भदौ २० गते पक्राउ गरेको थियो भने आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय बिरगञ्ज पठाईएको थियो ।

प्रहरीको अनुसन्धानको सिलसिलामा उक्त घटनामा हिमालयन कार्गोका संचालक बिनोद कुमार गुप्ताको संलग्नता देखिएकोले निजलाई असोज १ गते का.जि.का.म.न.पा. वडा नं १४ कुलेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गुप्ताको बयानको आधारमा घटनामा संलग्न जिल्ला धादिङ धुनबेशी ३ बस्ने राज कुमार भण्डारीलाई असोज ४ गते का.जि.का.म.न.पा. वडा नं ६ बौद्धबाट पक्राउ गरी ५ गते आवश्यक कारवाहीको लागि आन्तरिक राजश्च कार्यालय बिरगञ्ज पठाईएको छ ।

 

Advertisement

Advertisement

Advertisement