एएफसी यू-१६ च्याम्पियनसिपको छनोट खेलमा नेपाल-भारत रोकिए बराबरीमा

Advertisement

काठमाडौंः एएफसी यू-१६ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह डीको शुक्रबार भएको दोस्रो खेलमा नेपाल र भारत बराबरीमा रोकिएका छन । पहिलो हाफ गोलरहित बराबरीमा खेलेका दुवै टोलीले दोस्रो हाफमा २र२ गोल गर्न सफल भए ।

विर्जेश चौधरीको गोलमा नेपालले ७६ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । तर भारतका हरप्रितले ८२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा फर्काए । तीन मिनेटपछि हरप्रितले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २-१ को अग्रता दिलाए । विर्जेशले ८८ औं मिनेटमा नेपालका लागि व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

बराबरीसँगै नेपालको छनोट हुने गणितीय सम्भावना भने कायम छ । भारतले भने अन्तिम खेल जित्नै पर्ने हुनेछ ।

साथै आजै भुटानमा जारी साफ यू–१८ च्याम्पियनसिप अन्तर्गत डिफेन्डिङ च्याम्पियन नेपालले माल्दिभ्सलाई २-० पराजित गरेको छ । नेपाल पहिलो खेलमा आयोजक भुटानसँग १–० ले पराजित भएको थियो । माल्दिभ्सले यस हारसँगै खेलेका तीनै खेलमा हार बेहोरेको छ ।

 

Advertisement

Advertisement

Advertisement