फेरि बस दुर्घटना, रामेछापमा भएको दुर्घटनामा तीन जनाको मृत्यु, २० घाइते

Advertisement

चरीकोटः काठमाडौंतर्फ जान लागेको एक यात्रुबस रामेछापमा दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको ज्यान गएको । २० जना घाइते भएका छन् । बा २ ख ६३७५ नम्बरको हिमाल तराई यातायातको उक्त बस रामेछाप नगरपालिकाको सानुवारीबाट काठमाडौं जाँदै थियो ।

बस सडकबाट करीब ३० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाका अनुसार ज्यान गुमाउनेहरुमा रामेछाप नगरपालिका -८ का दीपक श्रेष्ठ, रामेछाप नगरपालिका-६ की उमा बस्नेत र ठेगाना नखुलेकी बालकुमारी बस्नेत रहेका छन् ।

घाइतेहरुको रामेछाप सदरमुकाम मन्थलीका अस्पतालहरुमा उपचार भइरहेको छ । नेपालमा यात्रुबसहरु बारम्बार दुर्घटना हुँदा ठूलो मानवीय क्षति हुने गरेको छ । चाडपर्वको मुखमा हुने यस्ता दुर्घटनामा ज्यान गुमाउनेको परिवार र घाइते भई अंगभंग भएर बस्नुपर्नेहरुको जीवनमा ठूलो कष्ट हुने गरेको छ ।

Advertisement

Advertisement

Advertisement