सामाजिक सेवा दिवसमा ‘नेपाल उद्योग बाणिज्य महासंघ उद्यान’ बनाई गरियो वृक्षारोपण

Advertisement

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार सामाजिक सेवा दिवस मनायो । उक्त दिवस मनाउने क्रममा टेकुस्थित बागमती नदी किनारमा ‘नेपाल उद्योग वाणिज्य महासंघ उद्यान’ निर्माण स्थलको शिलान्यासका साथै उक्त उद्यानमा वृक्षारोपण गरियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्दराज बस्नेतले संयुक्तरुपमा उद्यान शिलान्यासका साथै वृक्षारोपण गरे । सोही समारोहमा डेभलपमेन्ट बैंकर्स एशोसिएशनका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघमार्फत बाढी पीडितको सहयोगार्थ ३२ लाख रुपियाँको चेक हस्तान्तरण गरियो ।

कार्यक्रमलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्दराज बस्नेत, महासंघका वरिष्ठ उपाध्यक्ष्ँ शेखर गोल्छा, महासंघको सामाजिक सेवा समितिका सभापति जयप्रसाद शिवाकोटी, धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष्ँ सीताराम कट्टेल, डेभलपमेन्ट बैंकर्स एशोसिएशनका महासचिव खनालले सामाजिक कार्यमा निजी क्षेत्रको प्रतिवद्धता जनाएका थिए ।

Advertisement

Advertisement

Advertisement