टेलिकमको ग्राहक संख्या १६ प्रतिशतले बढेर एक करोड ७६ लाख पुगे

Advertisement

काठमाडौंः सरकारी स्वामित्वको नेपाल टेलिकमको टेलिफन सेवा लिने ग्राहकको संख्या एक करोड ७६ लाख दुई हजार दुई सय पुगेको छ । २०७३ असारसम्म एक करोड ५० लाख १५ हजार २६ ले सेवा लिएकामा एक वर्षको अवधिमा १६ दशमलव २३ प्रतिशत अर्थात २५ लाख ८७ हजार १७६ ले ग्राहक संख्या वृद्धि भएका हुन ।

कम्पनीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा जनाइएअनुसार विगत एक वर्षमा मोबाइल डाटाबाट इन्टरनेट चलाउने ग्राहकको संख्या पनि थपिएको छ । कम्पनीकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले आफ्नो कार्यकालको एक वर्ष कार्यकाल पूरा भएको अवसरमा आयोजित उक्त पत्रकार सम्मेलनमा राजभण्डारीले इन्टरनेट प्रयोग गर्ने ग्राहक ७६ लाख सात हजार ५५९ बाट बढेर ८५ लाख २५ हजार ८९४ पुगेको जानकारी दिइन ।

एक वर्षे कार्यकालमा टेलिकमले तार सहित तथा ताररहित सेवा विस्तार, दुरसञ्चार पूर्वाधार निर्माण, ग्राहक सेवा, सेवाको गुणस्तर सुधार, रणनीतिक साझेदार, कर्मचारी वृद्धि विकास एवं व्यवस्थापन र सामाजिक दायित्वतर्फ महत्वपूर्ण उपलब्धी हाँसिल भएको छ ।

‘तार सहितको टेलिफोन सेवामा पुराना प्रविधिका ९७ हजार २२४ लाइन प्रतिस्थापन गरिएको भन्दै राजभण्डारीले चालु आर्थिक वर्षमा दुई लाख ५० हजार लाइन प्रतिस्थापन गर्ने लक्ष्य रहेको बताइन ।
हाल काठमाडौं र पोखरामा मात्रै सञ्चालन हुँदै आएको फोरजी सेवा देशभर विस्तार गर्न फोरजी एलटीइको बोलपत्र आह्वानको अन्तिम तयारी भइरहेको उनले जानकारी दिइन् ।

भूकम्पबाट क्षतिग्रस्त धरहरा र विद्यालय भवनको पुनर्निर्माण गर्न आगामी तीन वर्षभित्रमा एक अर्ब रुपैयाँ खर्च गर्ने प्रतिवद्धता जनाउँदै राजभण्डारीले धरहराको पुनर्निर्माणबाट टेलिकमले हात झिकेको भन्ने हल्लामा सत्यता नरहेको बताइन ।

Advertisement

Advertisement

Advertisement