कञ्चनपुरमा बस पल्टिँदा १० जना यात्रु घाइते

Advertisement

कञ्चनपुरः पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना ५ ख २६४८ नंको बस पल्टिँदा १० जना यात्रु घाइते भएका छन् ।

धनगढीबाट महेन्द्रनगरतर्फ दु्रत  गतिमा जाँदै गरेको बस सडक छेउमा पल्टिँदा यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए । घाइतेको झलारी बजारमा रहेको निजी क्लिनिकमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते हुनेमा बाजुराका २६ वर्षीय गौरी बोहरा, ४२ वर्षीय तुलाराम जोशी, ३५ वर्षीया लीला थापा, उनकै डेढ वर्षीय छोरा सुमन थापा, ३६ वर्षीय दुर्गा जोशी घाइते भएका छन् ।

यसैगरी, घाइते हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिका ३५ वर्षीय जयराज भट्ट, ५५ वर्षीय जयबहादुर काफ्ले, ६२ वर्षीय खडकराज जोशी गोदावरी नगरपालिकाका ५५ वर्षीय दलबहादुर विष्ट र ३७ वर्षीय दानसिंह धामी रहेका छन् । यात्रुमध्ये दुर्गा जोशीको अवस्था गम्भीर रहे पनि अन्यको अवस्था सामान्य रहेको उपचारमा संलग्न स्वाथ्यकर्मीले बताएका छन् । बसका चालक इप्रका झलारीको नियन्त्रणमा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement