अपि पावर कम्पनीको २०० प्रतिशतको हकप्रद शेयर जारी हुँदै

Advertisement

काठमाडौँ: अपि पावर कम्पनीले दुई बराबर एकको अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ ।

कम्पनीले सय रुपियाँ अंकित मूल्यमा दुई अर्ब १० करोड रुपियाँको दुई करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद निष्काशनको लागि असार ३० गते नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको कम्पनीले बोर्डको स्वीकृतीपश्चात हकप्रद निष्काशन गर्नेछ ।

अपि पावरको हालको चुक्ता पुँजी एक अर्ब पाँच करोड रुपियाँ छ भने हकप्रदपछि पुँजी वृद्धि भई चार अर्ब पुग्ने छ ।

कम्पनीको हकप्रदलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समग्र वित्तीय अवस्थाको आधारमा कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

 

Advertisement

Advertisement

Advertisement