श्री लालीगुराँस सहकारीले सरकारलाई बुझायो पौने पाँच करोड राजश्व

Advertisement

काठमाडौंः पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले गएको आर्थिक वर्षमा सरकारलाई चार करोड ७१ लाख ९९ हजार ९६४ रुपियाँ राजश्व बुझाएको छ । समग्र सहकारी संस्थाहरुमा सरकारलाई यति धेरै राजश्व बुझाउने संभवतः आफू नै अग्रणी रहेको संस्थाको भनाई छ ।

संस्थाको १९औं बार्षिकोत्सवमा जारी विज्ञप्तिअनुसार यस संस्थाले आर्थिक बर्ष ०७२/०७३ मा छ करोड ६६ लाख ६९ हजार खुद मुनाफा आर्जन गरेकोमा आर्थिक बर्ष ०७३/०७४ मा सात करोड ७७ लाख १६ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ । मुनाफामा यो १६ दशमलब ५७ प्रतिशतले वृद्धि हो ।

त्यसैगरी, लालीगुराँसको आर्थिक बर्ष ०७२/७३ को कूल कारोबार चार अर्ब ६२ करोड २९ लाख २० हजार रहेकोमा आर्थिक बर्ष ०७३/७४ मा छ दशमलव ६७ प्रतिशतले वृद्धि गरी कुल कारोवार पाँच अर्ब २३ लाख ९८ हजार रुपियाँ पुर्याएको छ । निक्षेपतर्फ आर्थिक बर्ष ०७२/७३ मा तीन अर्ब ९२ करोड ३४ लाख २२ हजार रहेकोमा आर्थिक बर्ष ०७३/७४ मा छ दशमलब ६७ प्रतिशतले वृद्धि भई चार अर्ब १८ करोड ५० लाख ५५ हजार पुगेको छ ।

कर्जा लगानीतर्फ आर्थिक वर्ष ०७२/७३ मा दुई अर्ब ९८ करोड ३१ लाख ५४ हजार रुपियाँ रहेकोमा आर्थिक बर्ष ०७३/७४ मा सात दशमलब ०१ प्रतिशतले वृद्धि भई तीन अर्ब १९ करोड २३ लाख ८० हजार पुगेको छ । शेयर पुँजीतर्फ ०७२/७३ को कुल शेयर पुँजी ३२ करोड चार लाख ५३ हजार रहेकोेमा आर्थिक बर्ष ०७/७४ मा १७ दशमलब १८ प्रतिशतले वृद्धि भई ३७ करोड ५५ लाख २० हजार रहेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीको समग्र विकासको लागि यस संस्थाले आगामी वर्षमा थप नयाँ योजनाहरुमा लगानी गर्दै जाने बताए । ललितपुरको चापागाँउ, काठमाडौंको चावहिल र भक्तपुरको कौशलटार गरी तीन वटा सदस्य सुविधा काउण्टर संचालन गरेको लालीगुराँस २०५६ भदौदेखि कारोबार सुरु गरेको हो ।

संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा मुख्य लगानीमा सञ्चालित श्री लालीगुराँस राष्ट्रिय उच्च माविमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । त्यसैगरी संस्थाको मुख्य लगानीमा सञ्चालित लालीगुराँस हस्पिटलमा प्रत्येक महिनाको एक पटक निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने ब्यवस्था गरेको छ ।

सिन्धुपाल्चोकको लार्चामा तीन मेगावाटको भैरवकुण्ड हाइड्रोपावर लिमिटेड र चितवनको खैरहनीमा लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टरमा सयौंको संख्यामा गाइपालन गरिरहेको लालीगुराँस सहकारी नेपालको ठूला सहकारीहरुमध्येको एक हो ।

Advertisement

Advertisement

Advertisement