‘ग्यास चेम्बर’मा राखेर लाखौंलाई कसरी मार्थे हिटलरले ? तस्विरमा हेर्नुहोस

Advertisement

एजेन्सीः विश्वमा नाम कहलिएका तानशाह एडोल्फ हिटलरका नरसंहारका घटनाहरु सुन्दा आज पनि केहीको आङ सिरिङग हुन्छ । सन् १९३३ मा सत्तामा प्रवेश गरेका जर्मनीका क्रुर शासक हिटलरले विश्वको शक्तिशाली हुने र विरोधीहरुलाई सफाया गर्ने नाममा ६० लाखभन्दा बढिको हत्या गरेको अनुमान छ ।

उनले त्यसबेला जातिवादी साम्राज्य बनाएका थिए, जुन् यहुदीका लागि घृणाको होलोकास्टको रूपमा सार्वजनिक भयो । यहुदीलाई समाप्त गर्ने लक्ष्यका साथ अशविच कन्सन्ट्रेसन क्याम्पबाट सुरु भएको थियो ।

हिटलरले यहूदीहरुलाई राजनीतिक विरोधी, रोगी र समलिंगीका नाममा जबर्जस्ती काम लगाउँथे । क्याम्पमा धर्म, जाति, विचारधारा र शारीरिक कमजोरीको नाममा लाखौं मानिसलाई ग्यास च्याम्बरमा पठाउँदै हत्या गर्ने उनका क्याम्पहरुबाट भाग्न असम्भव थियो । यस्ता क्याम्पमा रहेका वृद्धवृद्धा र रोगीलाई ग्यास च्याम्बरमार्फत् मृत्यु दिइन्थ्यो । जो ग्यास चेम्बरबाट बच्थे, उनीहरूले कडा काम गर्नुपथ्र्यो ।

क्याम्पमा बनाइका चार चिहानमा हरेक दिन चार हजार सात सयसम्म शव जलाउन सकिन्थ्यो । क्याम्पनजिकै औद्योगिक क्षेत्रमा व्यापारी बन्दीहरूलाई काम गराइन्थ्यो ।

होलोकास्टको छ वर्षको समयमा ६० लाख यहूदीहरुको हत्या गरिएको अनुमान छ, जहाँ बच्चा मात्र १५ लाख रहेको बताइन्छ । थुप्रै यहूदीहरु आफ्नो ज्यान बचाएर देश छोडेर भाग्न सफल भएका थिए । कतिपयले कन्सन्ट्रेसन क्याम्पमा नै क्रूरता विरोधका लागि तड्पिएर मृत्युबरण गरेका थिए ।

केही तस्विरहरु हेर्नुहोस

hitler

Advertisement

Advertisement

Advertisement