‘हाम्रो नीतिको जीत हुने तर चुनावमा नेतृत्व हार्ने यो किन ?

Advertisement

चितवनः काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले वामपन्थीहरुको जस्तो नारा मात्र लगाउने नभई समस्याको समाधान पनि दिने पार्टी भएको बताएका छन् । मुग्लिन गाँउपालिकाका प्रमुख र उपप्रमुख लगायत वडा अध्यक्षहरुलाई सम्मान कार्यक्रममा पौडेलले काँग्रेसको आर्दश सिद्धान्त सधैं विजय हुँदा पनि चुनावमा भने पछि पर्नु भनेको पार्टी पद्दती अनुसार सञ्चालन गर्न नसकेको हो भने ।

पौडेलले भने – ‘हाम्रो नीतिको जीत हुने तर चुनावमा नेतृत्व हार्ने यो किन भयो ? अब खोजी गर्न जरुरी छ । कांग्रेसको विकल्प कांग्रेस भित्र नै छ भन्ने सन्देश जानुपर्छ ।’ उनले काँग्रेस वामपन्थीहरु जस्तो सिद्धान्तविहीन पार्टी नभएको बताए ।

काँग्रेसको समाजवाद भनेको निमुखालाई न्याय दिने र विपन्नलाई आयको बाटो बनाइदिने भएको नेता पौडेलको भनाई छ । उनले काँग्रेस अहिलेसम्म पटक पटक पद्दतीका लागि लडेको उल्लेख गर्दै राजनीति पद्दतीको टुंगो लागिसकेकोले अब आर्थिक विकास अभियानको नेतृत्व गर्न तयार रहेको बताए ।

वामपन्थीहरुले जस्तो कुनै एउटा क्षेत्र वर्ग र जातिलाई उपेक्षा गरेर अगाडि जाँदा राष्ट्र बलियो नबन्ने र राष्ट्रियता मजबुद नहुने पौडेलको तर्क थियो । उनले नेपालको मजबुद राष्ट्रियता भनेको पहाड हिमाल र मधेस बीचको एकता भएको बताए ।

बहुलबादमा आधारित समाजवादलाई संविधानले स्वीकार गरेकोले संविधानले स्वीकार गरेको राजनीतिक पद्दतीलाई मान्ने गरि बामपन्थी दलहरुले पनि सिद्धान्तको टुंगो लगाउन जरुरी भएको पौडेलको भनाई छ ।

Advertisement

Advertisement

Advertisement