वर्षाले साँफे–मार्तडी राजमार्ग अवरुद्ध

Advertisement

 

बाजुरा: तीन दिनदेखिको लगातार वर्षाका कारण आज बिहानदेखि साँफे–मार्तडी सडकखण्डअन्तर्गतको तिपाडामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्धपछि छोटो तथा लामो दूरीका यातायातका साधन र मानिस आवतजावत गर्न नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सडकको माथि रहेको सामुदायिक वनबाट आएको पहिरोले सडक अवरुद्ध भएका कारण यात्रु अलपत्र परेको निमित्त प्रहरी नायब उपरीक्षक जगदीश भट्टले जानकारी दिए ।

भट्टले दिएको जानकारीअनुसार पहिरो पन्छाउन सडक निर्माणको जिम्मेवारी लिएको पी एस कन्स्ट्रक्सनको डोजरलाई आग्रह गरिएको बताए । पहिरो बिहान ६ बजेतिर गएको प्रजिअ लुकबहादुर क्षेत्रीले बताए ।
दशैँ मनाउन जिल्ला फर्कन थालेका लामो दूरीका यात्रु भने बीचबाटोमा अलपत्र परेका छन् । तीन महिनापछि सञ्चालनमा आएको साँफे–मार्तडी सडकखण्ड फेरि अवरुद्ध हुँदा जिल्लावासीले सास्ती खेप्नु परेको छ । सो सडकखण्ड पटक–पटकको सडक अवरुद्ध हुँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement