प्राधिकरणको वितरण केन्द्रमा आगलागी, ३३ केभी प्रशारण लाइनको यन्त्र जलेर नष्ट

Advertisement

बैतडी: नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीमा आगलागी भएको छ ।

एघार केभी प्रशारण लाइनको इन्कमिङ फिडरमा गए राति आगलागी भएको प्राधिकरण बैतडीका प्रमुख मोहनदेव जोशीले जानकारी दिए। विद्युत चुहिएर आगलागी भएको बताइएको छ ।
तेत्तीस केभी प्रसारण लाइनलाई ११ केभीमा स्थानान्तरण गर्ने यन्त्र आगलागीका कारण नष्ट भएको हो । उनले भने, “ फिडरमा आगलागी भएसँगै नेपालबाट प्रसारण हुने विद्युत् सेवा अवरुद्ध भएको छ ।”
अहिले भारतबाट आउने विद्युत् प्रसारण भइरहेको र भारतबाट आयातीत विद्युत्ले भार धान्न नसक्ने भएकाले साँझमा विद्युत्भार कटौती हुने जानकारी जोशीले दिए ।
साँझ ६ः०० बजेदेखि राति ११ः०० बजेसम्म विद्युत्भार कटौती हुने बताइएको छ । बिग्रेको लाइन बनाउनका लागि नेपालगञ्जबाट प्राविधिक आउने र बनाउन पाँच छ दिन लाग्नसक्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement