गुडविल फाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौँ: गुडविल फाइनान्सले बिक्री खुला गरेको सर्वसाधारण समूहको ८१ हजार ७२५ कित्ता सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन रहेको छ ।

आज कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । असोज १ गतेदेखि बिक्री खुला गरेको फाइनान्सको यो लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपियाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ ।

यसअघि कम्पनीले असार १८ गतेदेखि साउन २२ गतेसम्म २७ लाख २२ हजार ५०० ९६०५० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

तर त्यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बाँकी रहेको सेयर लिलामीमा राखिएको हो । आवेदकले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा पुग्ने गरी फारम बुझाउनु पर्नेछ ।

 

Advertisement

Advertisement

Advertisement